काठमाडौ । यूरोकप अन्तर्गत गएराति भएका दुई खेलहरुमा पोर्चुगल र टर्कीले जित दर्ता गरेका छन् ।
समूह एफ अन्तर्गत पोर्चुगल र चेक रिपब्लिकबिचको खेलमा पोर्चुगल २–१ ले विजयी भएको छ भने उता टर्की र जर्जियाबिचको खेलमा टर्कीले जर्जियालाई ३–१ ले पराजित गरेको छ ।
जारी यूरोकप अन्तर्गतको आज दोश्रो चरणको पहिलो खेल क्रोयसिया र अल्बानिया बिच नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।