आइसीसी टी २०विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले आज बिहान भएको खेलमा पीएनजीमाथि जित निकाल्दै सुपर ८ को स्थान सुरक्षित गरेको छ ।
समुह सी अन्तर्गतको खेलमा अफगानिस्तानले पपुआ न्यूगिनीलाई सात विकेटले हराएको हो ।
पपुवा न्यूगिनीले दिएको ९६ रनको लक्ष्यलाई १५.१ ओभरमा ३ विकेट गुमाएर अफगानिस्तानले लक्ष्य पुरा गरेको हो ।