काठमाडौं । तार्केश्वर नगरपालिकाको आयोजनामा तेश्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताम सुरु भएको छ ।
मगलबारदेखि ‘खेलतार्केश्वरको, सन्देश एकताको’ को भन्ने मुल नारासाथ सुरु भएको प्रतियोगिताको उद्घाटनअघि धर्मस्थली स्थितआयोजक नगरपालिकाको कार्यालयबाटपिपलडाँडा तुसाल खेल मैदानसम्म ¥याली निकालिएको थियो ।
¥याली मैदानमा पुगेपछि उद्घाटन कार्यक्रम सुरु भएको थियो । तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटनकाअवसरमा सहभागीविद्यालयकाटोलीले मार्च पास्ट गरेका थिएभने कपनटाइगरको टोलीले आकर्षक तेक्वान्दोको प्रस्तुती प्रस्तुत गरेको थियो । सेक्रेड हार्टका विद्यार्थीले एरोबिक नृत्य प्रस्तुत गरेका थिए ।
पहिलो दिनछात्रफुटबलतर्फ २ खेल भयो । उद्घाटन खेलमाश्रृजनाज्ञान सागरले नर्थ भ्यालीलाई २–० गोलले पराजितग¥यो । अर्को खेलमाकालीदेवीले किन्डर गार्डेनलाई ७–० को फराकिलो गोलअन्तरले हरायो । छात्रमा ३६ तथाछात्रामा १९ टिम सहभागीछन् ।
विभिन्न १० खेल समावेश प्रतियोगितामा ५३ विद्यालयका ३ हजार ४ सय ५४ खेलाडी सहभागीछन् । फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिसको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामाशीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सनाले जानकारी दिए । गत संस्करणमालालीगुराँस नेसनल एकेडेमी टिमच्याम्पियन बनेको थियो । पहिलो संस्कणमाहिमरश्मिपहिलो भएको थियो ।