काठमाडौं । दैलेखमा आज बिहान १० बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिए अनुसार दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४।१ म्याग्निच्युडको भूकम्प गएको छ ।यो परकम्प नभएर भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले ईखबर नेट लाई जानकारी दिए ।