जनकपूर । जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पार्टी विभाजन नभएको बताएका छन् ।
आज जनकपूरमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा गरेका हुन् । राज्यशक्ति,स्रोत साधनको दोहन गरेर केही साँसदहरुलाई अलग्याइएपनि पार्टी उस्तै रहेको बताए । उनले केही नेताहरुलाई राज्यले मोहरा बनाएको आरोप पनि लगाए ।