विराटनगर । कोसी प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्
मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा र त्यसपछि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताका विषयमा भएको छलफलका बैठक कांग्रेसले बहिष्कार गरेको थियो । सर्वोच्च अदालतमा मुद्दा थाती रहेको जनाउँदै कांग्रेसले ती बैठक बहिष्कार गरेको थियो । कोसी सरकार गठनको प्रक्रिया र यसको विवादसम्बन्धी मुद्दाको सुनुवाइ आउँदो बिहीबार हुँदै छ ।