काभ्रे । सुन्दा सबैलाई आश्चर्य लाग्नसक्छ । राजधानीबाट दूरीको हिसावले असाध्यै नजिक छ काभ्रे ।तर काभ्रेका धेरै गाउँबस्तीमा अझैपनि पूर्णतः विद्युतिकरण हुन सकेको छैन् । खानीखोला गाउँपालिका अझैपनि पूर्ण विद्युतिकरणबाट परै छ ।
उर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल बिद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग र गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले संयुक्त रुपमा उक्त सेवाको थालनी गरे । महाभारतका ३ हजार चार सय १७ घरधुरीमा पहिलो पटक विद्युतिकरण सम्पन्न भएको छ । मिटर खरिदका लागि गाउँपालिकाले प्रत्येक घरधूरीलाई एक हजार अनुदान उपलब्ध गराएको अध्यक्ष जिम्बा बताउँछन् ।