लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।
५६ साँसदको समर्थनमा शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।