
काठमाडौं। वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । मेची, कालीगण्डकी करिडोर, सहिद राजमार्गलगायत सडकखण्ड अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध छ । फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आई ‘डाइभर्सन बगाउँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । मेची, कालीगण्डकी करिडोर, सहिद राजमार्गलगायत सडकखण्ड अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध छ । फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आई डाइभर्सन बगाउँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–३, तरङखोलामा बाढीका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ ।
रोल्पाको थबाङ गाउँपालिका–१ र २ मा पहिरो खस्दा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
पाँचथरकै तुम्वेवा गाउँपालिका–२ मा बाढीका कारण तमोर करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।





