
पनौती,काभ्रे।नेकपा एमाले,पनौती नगरपालिका ७ नं.वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
पुर्वमन्त्री एवं नेकपा एमालेका पोलिट्व्युरो सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनको बन्द सत्रले सत्यनारायण धांजुको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा संगम प्रजापति, सचिव सुरेश महाजु, उप–सचिवमा सुरेन्द्र भुजु र सुनिता दुवाल लगायत निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै एमाले नेता बास्कोटाले एमालेले विजय प्राप्त गर्दा मात्रै देशले जित्ने बताए । बास्कोटाले पनौती नगरपालिकामा एमालेले नेतृत्व गर्दा सुरु भएका महत्वपूर्ण र दीर्घकालिन योजना अहिले ओझेलमा परेको भन्दै समृद्ध नगर निर्माणका लागि आगामी निर्वाचनमा सबै पदमा एमालेले विजय प्राप्त गर्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले काभ्रे जिल्ला सचिव राजकुमार सापकोटा, पुर्व नगर प्रमुख भीम न्यौपाने,पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाँई लगायतले एमालेले गरिरहेका काम र आगामी योजनाका बारेमा धारणा राखेका थिए ।
वडा कमिटीका निवर्तमान अध्यक्ष हरि कृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन युवा संघ नगर कमिटी संयोजक सिजन सुधाकारले गरेका थिए ।

