भोजपूर । भोजपूर जिल्लाको उत्तरीक्षेत्र र सखुवासभालाई जो्ड्ने अरुण नदीको सतिघाटमा सञ्चालनमा आएको फेरी बन्द गरिएको छ ।
मनसुनसंगै अरुण नदीमा पानीको बहाव बढेकोले उक्त फेरी बन्द गरिएको हो ।
उक्त फेरीले एकपटकमा साना ४ वटासम्म सवारी साधन तार्ने गरेको छ । पक्की पुल नहुँदा भोजपुरको उत्तरीक्षेत्रको लागि सवारी साधन,दैनिक उपभोग्य बस्तुहरु र यात्रुहरु वारपार गर्ने फेरी बन्द हुँदा स्थानीयबासीहरु मर्कामा परेका छन् ।