चितवन । चितवन जिल्लाको भरततपूर अस्पतालमा एमआरआई मेशिन आइपुगेको छ ।
३० करोड रुपैयाँ पर्ने उक्त मेशिन तीन साता भित्र जडान भैसक्ने जनाइएको छ । जर्मनीमा बनेको सिमेन्स कम्पनीको उक्त मेशिन आधूनिक भएको र यो मेशिनबाट मुटु,नसा लगायतका रोगहरुको प्रभावकारी परीक्षण गर्न सकिने अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा. केशव पौडेलको भनाई छ ।