काठमाडौंं ।
हाल बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आँशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मूख्यतया सफा रहने छ । बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याड्डसहित हल्कादेखि मध्यम बर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
नेपालको स्थानीय वायु पश्चिमी वायुको आँशिक प्रभावसंगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आँशिक प्रभाव रहेको छ ।
दिउसो कोशी,गण्डकी र बागमती प्रदेशका केही स्थान,मधेश,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान र बाँकी भूभागका एकदुई स्थानहरुमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी,मधेश,कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।