काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३१ गते संसद्मा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री भएपछि उनलेले विश्वासको मत माग्ने र प्रश्नोत्तरमा सहभागी भएको अबस्था बाहेक पहिलोपटक समय लिएर सम्बोधन गर्न लागेका हुन् ।प्रधानमन्त्री ओली आउँदो असोज ४ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि त्यसबारे संसद्लाई जानकारी गराउँदै समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
“प्रधानमन्त्री ज्यूराष्ट्रसंघीय महासभामा सहभागी हुन असोज ४ गते त्यसतर्फ जाँदै हुनुहुन्छ,सदन जारी रहेको अवस्थामा त्यसको जानकारी गराउने अभ्यास अनुरूप सम्बोधन गर्न लाग्नुभएको हो,” नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।






