काठमाडौ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रंग फेर्नमा सिपालु भएको बताएका छन् ।
नले नेपाल विद्युत् प्राधिकरणको २२ अर्ब बक्यौतामध्ये १६ अर्ब छुट दिने निर्णय गरेका तत्कालीन प्रधानमन्त्री प्रचण्डले नै अहिले दोहोरो कुरा गर्न थालेको थियो ।
‘प्रचण्ड रंग फेर्न धेरै सिपालु, उहाँले छेपारालाई पनि उछिन्ने देखियो । बरु प्रचण्ड र छेपाराबीच रंग फेर्ने प्रतिस्पर्धा गरिदिऊँ ।’उनले प्रचण्ड प्रति कटाक्ष गरे ।
‘प्रचण्डकै पालामा २२ अर्ब बक्यौतामध्ये १६ अर्ब छुट दिने निर्णय भएको हो । अनि अहिले उहाँ नै अरूलाई दोष लगाएर दोहोरो कुरा गरिरहनु भएको छ’। उनले प्रचण्ड प्रति कटाक्ष गरे । प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्ने क्रममा बास्कोटाले उक्त कुरा गरेका हुन् ।



