
काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ।
स्थानीय तह निर्वाचन र राष्ट्रिय भेला लगायत विषयमा छलफल गर्न बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजेबाट सुरू हुने केन्द्रीय समिति बैठकमा १० वटा कार्यसूची तय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
झाका अनुसार पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफल हुनेछ। यसैगरी समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए।
रास्वपाले संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन गर्दैछ। त्यसबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ।
संविधान दिवसको कार्यक्रमलाई केन्द्रीय समितिको एजेन्डा बनाएको छ। असोज ३ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने उसको लक्ष्य छ।
केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदन र विविध प्रस्तावमाथि छलफल सहित १० कार्यसूची रहेको कार्यवाहक प्रवक्ता झाले बताए।






