काठमाडौं।नेकपा (एमाले)का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षडयन्त्रमा रहेको आरोप लगाएका छन् ।
एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले यस्तो आरोप लगाएका हुन् ।
“निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनुभएको छ । केही दिनअघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिएको अभिव्यक्ति त्यसको एउटा उदाहरण हो,” उनले भने ।
उनले निर्वाचनमा अनेक षडयन्त्र गर्ने,दलहरूलाई विवादमा तान्ने, न्यालयमा आफ्नो छाया पार्ने काममा सरकार तल्लीन रहेको बताए ।
‘अहिलेको सरकारले निर्वाचनलाई सार्ने बहाना खोज्दैछ । सायद हिजो कि अस्ति हो, कहाँ हो, अहिलेको प्रधानमन्त्री भनौं, सुशीला । उहाँले कता बोलेको छ, हिमपात बढी भयो, मौसम खराब भयो भने त्यहाँ चुनाव सर्न सक्छ भनेर,’ थापाले भने, ‘त्यो चुनाव दुई चरणमा हुनसक्ने, हिमाली क्षेत्रमा अहिले चुनाव हुन नसक्ने भनिएको छ । अहिलेको सरकार निर्वाचन सार्ने बाहना खोजिरहेको छ ।’उनले भने ।