
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन आउँदो मंसिरको तेस्रो साता गर्दा उपयुक्त हुने सुझाव दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीचको छलफलमा उक्त प्रस्ताव राखिएको हो ।
कीर्तिपुर नगरपालिकाका प्रमुखसहित विभिन्न स्थानीय तहमा ३४ पदहरु रिक्त छन् ।
यसैविच प्रधानमन्त्री ओलीले निर्वाचन आयोगसँगको छलफलमा खर्चमा मितब्ययिता अपनाई जाडो महिना नलाग्दै चुनाव गर्न उपर्युक्त हुने बताएका छन् ।




