
काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा कमिटीको आकार सानो बनाउनुपर्ने प्रस्ताव आएको छ ।
पेरिसडाँडामा चालु स्थायी कमिटी बैठकमा बोल्ने नेताहरूले कमिटीको आकार घटाउनुपर्ने सुझाव राखेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
“पार्टी कमिटी आत्मालोचना गर्न पनि धौधौ हुने ठूला भए । कमिटी सानो बनाउनुपर्छ। ” नेताहरूको सुझाव सुनाउँदै उनले भने ।
बैठक अझै चलिरहेको छ । बैठकमा सहभागी प्रत्येकलाई बोल्नको लागि २० मिनेटको समय निर्धारण गरिएको बैठकमा सहभागी एक नेताले बताए ।



