काठमाडौं ।त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्धारा लिखित राष्ट्रनिर्माणमा दलित नामक पुस्तक सार्वजनिक भएको छ ।
दलित समुदायले राष्ट्रनिर्माण गर्दाका बखत योगदान पुर्याएकाहरु मध्येबाट अग्रजहरुको जीवन्त जीवनीलाई यस पुस्तकले प्रस्तुत गरेको छ । विभिन्न १२१ जना ब्यक्तित्वका जीवनीलाई पुस्तकभित्र समेट्ने प्रयास गरिएको छ ।
पुस्तकको लोकार्पण राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा,पूर्वमन्त्री जितु गौतम,संविधानसभा सदस्य कमला विश्वकर्मा,पूर्व राजदुत पदम सुन्दास र पूर्वसचिव डा.मानबहादुर बिम लगायतले एक समारोह विच गर्नुभयो । पुस्तकको बारेमा विभिन्न ब्यक्तिहरुले बोलेका थियो । यसरी नै पुस्तकका लेखकद्धयले समेत पुस्तकको बारेमा चर्चा गरेका थिए ।