काठमाडौंं । नेकपा (एमाले)को सचिवालय बैठक आह्वान गरिएको छ ।
मंगलबार (पुस २२) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक राखिएको एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए ।आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए
आउँदो माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।



