
काठमाडौं।आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु हुँदै छ ।
चितवनको सौराहास्थित चित्रसारीमा २१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ ।
बैठक उदघाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गर्नेछन् ।
बैठकमा पार्टीका कार्यवाहक सभापति अर्यालले राजनीतिक र अर्का उपसभापति डा.स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने तय भएको बताइएको छ ।



