
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको थियो । निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।


