sf7df8f}F, # k'; . k|wfg dGqL Pjd g]kfnL sfFu|];sf kf6L{ ;efklt z]/axfb'/ b]pjfnufot g]sf kf6L{sf] s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf a;]sf] a}7sdf ;xefuL x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे ललितपुरको होटेल हिमालयमा बस्नेछ ।
पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्नेछ ।
देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवाले पहिलोपटक पदाधिकारी बैठक बोलाएका हुन् । जेनजी आन्दोलनका क्रममा घरमै आक्रमण परेर घाइते भएर अस्पताल भर्ना भएका देउवा त्यसयता सार्वजनिक भएका छैनन् । देउवा अस्पतालबाट डिस्चार्ज भए पनि अहिलेसम्म सार्वजनिक भएका छैनन् ।
घरमा समेत लुटपाट, आगजनी र तोडफोड भएपछि अस्पतालबाट निस्केपछि उनी भाडाको घरमा बस्दै आएका छन् । सीमित नेतासँग मात्र भेट गरेका सभापति देउवाले यही असोज २६ गतेका लागि डाकिएको केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आज पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका हुन् ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले देउवालाई पदबाट हटाउन विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिरहेका छन् ।
जेनजी आन्दोलनपछि व्यक्ति व्यक्तिका वक्तव्य आए पनि नेपाली कांग्रेसले नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने धारणा सार्वजनिक गरिसकेको छैन । जेनजी आन्दोलनपछि नियुक्त प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटित भएको छ ।
प्रतिनिधिसभाको विघटनलाई देउवाबाहेकको कार्यसम्पादन समिति बैठकबाट नेपाली कांग्रेसले असंवैधानिक भनेको छ ।



