काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् ।
आज (असोज १२) दिउँसो १ बजे भक्तपुरको गुन्डुमा बस्ने गरी उनले बैठक तय गरेका हुन् ।
‘जेनजी’ आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बोलाइएको छ ।
आन्दोलनपछिको अवस्था, पार्टीको भूमिका, संगठन सुदृढीकरण, आउँदो रणनीतिबारे बैठकमा छलफलको तयारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।