काठमाडौं।नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ।
शुक्रबार बिहान ११ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले जनाएको छ।
एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्नेछन्।
पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाडेको छ।
पार्टी निर्माणका लागि अघि सारिएका आन्दोलनको समीक्षा हुने पनि उनले बताए।
एकीकृत समाजवादीले साउनदेखि पार्टी प्रशिक्षण कार्यक्रम चलाउँदै छ। आजको बैठकमा त्यसबारे पनि छलफल हुने र योजना बनाइने उपाध्यक्ष तुलाधरले बताए।
बैठक पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्नेछ।