
काठमाडौं । जारी अनेरास्वयिुको केन्द्रिय नेतृत्वको लागि भएको सम्मेलनमा उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।
कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा आज बिहान ८ बजेबाट मतदान हुने कार्यतालिका छ।
अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन् । उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ ।
महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।
आज बिहान ८ बजेबाट ४५ वटा मेसिनबाट विद्युतीय मतदान हुने बताइएको छ ।



