
पोखरा। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमाथि माओवादीले चौतर्फी आक्रमण गरेको बताए ।
पोखरामा आज शुक्रबार ष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले गरिरहेको बताए ।
‘हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वविरुद्धमा जुन हमला भइरहेको छ, जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । त्यसबाट हामीले के कुरा बुझ्नुपर्छ भने हाम्रा विरोधीहरूले जुन हिसाबले हाम्रो विरोध गरिरहेका छन् । त्यो आलोचनाको अन्तर्य के हो भन्ने कुरा बुझ्नुपर्छ । जसको ध्येय, उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्ने रहेको छ’ उनले भने ।
उनले नेपालको विग्रिएको अर्थतन्त्र सुधार्न सरकार लागि परेको पनि दावी गरे।




