काठमाडौं : सरकारले आफ्नो दलको संरक्षकलाई पक्राउ गरेसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ।
आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो ।सो पार्टीकी अध्यक्षसमेत रहेकी सांसद रन्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिन लागेको जानकारी गराइन् ।
नाउपाबाट अरुण कुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्। नाउपा संरक्षक चौधरी आज मात्रै काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका थिए।