पनौती,काभ्रे ।नेकपा एमाले पनौती नगर पालिका अन्तर्गत वडा नं.८को वडा कमिटीको दोस्रो अधिबेशन शनिबार सम्पन्न भयो ।
एमाले पोलिटब्युरो सदस्य माननीय गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले बिश्वनाथ श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी सर्बसम्मत निर्बाचित गरेको छ ।

कमिटीका उपाध्यक्ष मधुकर महत,सचिव उत्तम कार्की महिला उपसचिव सविना परियार,खुला उपसचिवमा अर्जुन बन्जारा सर्वसम्मत भए ।
यसैगरी सदस्यहरुमा क्रमशः नारायण थामी,कल्पना बयलकोटी,मन्दिरा सुवेदी,उमेश बस्नेत,कल्पना थापा,कमला घतान,नविना गिरि,लक्ष्मण केसी,रिता मगराती,मैयाँ नेपाली,सम्झना श्रेष्ठ,इन्दु श्रेष्ठ सर्वसम्मत भए । यसैगरी अन्य सदस्यहरुमा सुदिप खत्री,जस्मिन श्रेष्ठ,अस्मिता परियार,जमुना के.सी,शैलेस खत्री,दामोदर अधिकारी,रामगोपाल बन्जारा र राम बिसखी निर्विरोध निर्वाचित भए ।

अधिवेशनमा केन्द्रिय सदस्य नविना लामा,बाग्मती प्रदेश कमिटी सदस्य एवं पनौतीका उपप्रमुख गिता बन्जारा,संविधान सभा सदस्य रामहरी सुवेदी,डा.अम्बु भवानी कार्की,रमेश पौडेल,नगर कमिटी अध्यक्ष शुरेस प्रसाद हुमागाईं,जिल्ला कमिटीका सचिवालय सदस्य राजेन्द्र केसी,सदस्यहरु प्रकाश बन्जारा,वेदप्रसाद घिमिरे,नगरकमिटि उपाध्यक्ष सन्तोष केसी,उपसचिव उमा बोगटी,वडा अध्यक्ष बेदप्रसाद बन्जारा लगायतको उपस्थिति थियो ।