
काठमाडौं ।नेकपा एमालेले यही वैशाख ११ गते युवाहरूलाई लक्षित गरेर काठमाडौँमा ‘युथ सेलिब्रेसन’आयोजना गर्ने भएको छ ।
राजतन्त्रको अन्त्य भै गणतन्त्र स्थापना भएको दिन बैशाख ११ गते उक्त सेलिब्रेसन गर्ने एमाले केन्द्रीय सचिवालयले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरुसँग कुराकानी गर्दै बताए ।
‘वैशाख ११ गते जनताले जितेको दिन, निरंकुश राजतन्त्र अन्त्य भएको औपचारिक विजारोपण भएको दिन र २०६२/६३ को आन्दोलन सफलताको दिन हो ।’उपमहासचिव ज्ञवालीले भने ।
उक्त दिन राजधानीमा भव्य कार्यक्रम गरिने पनि उनले जानकारी दिए ।




