काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
तुलसीपुर बुटवलको उच्च अदालत आदेशसँगै रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ परेलगत्तै रास्वपाको सचिवालय बैठक बसेको थियो ।
आज हुने दिउँसो २ बजे भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन समेत दिएको छ ।