काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नेपालमा संवैधानिक राजसंस्था भएर बस्ने योग्यता,क्षमता र चरित्र नरहेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै महामन्त्रीसमेत रहेका शर्माले कांग्रेसको अनुभव संवैधानिक राजसंस्था नरहने रहेको बताए।
‘निर्मल निवासमा पूर्वमहाराजाधिराजले लाइभ हेरिराख्नु भएको छ भने सम्झिनुहोला, तपाईंलाई गद्दीमा स्थापित गर्नका लागि कांग्रेसको सभापति त्यसबेलाको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ढुंगामुढा सहेर संवैधानिक राजसंस्थालाई स्थापित गर्ने प्रयास गरिएको थियो। इतिहासको त्यो कालखण्डलाई बिपी कोइरालाले मेरो र राजाको गर्धन पनि जोडिएको छ भन्दै गर्दा राजसंस्थाको गर्धन जोगिदैन है।’
नागार्जुनको जंगलमा लगेर सामान्य नागरिकका रूपमा पूर्वराजा ज्ञानेन्द्रलाई राखे पनि चैत १५ मा चरित्र देखिएको उनले बताए।