
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक यही माघ ११ र १२ गते काठमाडौँमा बोलाइएको छ ।
सांगठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
पार्टीको भावी कार्यदिशा, रणनीतिलगायत विविध विषयमा छलफल गरिने बैठकमा अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सचिवालयसम्बन्धी प्रतिवेदनका साथै संगठन विभाग र प्रशिक्षण विभागका प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूबाट प्रदेशका गतिविधि समेटिएका प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका रहेको नेता श्रेष्ठले बताए ।




