
काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री एवं सांसद गोकुल बास्कोटाले रास्वपाका नेता तथा कार्यकर्ताहरूप्रति कटाक्ष गर्दै सामाजिक सन्जालमा यस्तो लेखेका छन् -‘न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माइक टाईसनभन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो।’
बास्कोटाले रास्वपा सभापति रवि लामिछाने अझैं तीन वटा अदालतमा हाजिर हुनुपर्ने प्रसंग निकाल्दै कति काला कोट धुजाधुजा हुने हुन् भन्दै खेद प्रकट गरेका छन्।
उनले अगाडि लेखेका छन्, -‘अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छरु कति कालाकोट धुजाधुजा हुने हुन्रु टेलर्स, मिडीया, मेडिकल, मम, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?’



