काठमाडौं ।परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालका दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिएर प्राथमिकतामा राखेको बताएकी छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा धारणा राख्दै मन्त्री डा.राणाले दुवै देशले नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ महत्व दिएको र नेपालसँग आवश्यक मात्रामा सम्वाद, सम्पर्क तथा अन्तक्रियाहरु भइरहेका जानकारी गराएकी हुन् ।
पछिल्लो समयमा नेपालको कूटनीतिक सम्बन्धका बारेमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिका सदस्यहरुले राखेको जिज्ञासामा उनले उक्त जानकारी दिएकी हुन् ।