
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ ।
वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्न लागिएको हो ।
कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए अनुसार बैठकमा समसामयिक राजनीतिक,केन्द्रीय विभागमा मनोनयन,आगामी केन्द्रीय समितिको बैठकको तयारीका बारेमा छलफल गर्न बैठक बस्ने जनाइएको छ ।




