
काठमाडौं ।मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर थापा मगरले अपाङ्गताभएकानागरिकले संविधानले प्रदान गरेको हक र अधिकार पूर्ण रूपमा प्रयोग गर्न पाउनुपर्ने बताएकाछन्।
मंगलबार काठमाडौंमा राष्ट्रियअपाङ्ंग दिवसको अवसरमा आयोजित कायक्रममा बोल्दै अध्यक्ष थापाले भनेअपांगता भएका व्यक्तिहरूको सम्मान जनकजीवनयापनका लागि सरकार र मानव अधिकारकर्मीले विशेष ध्यान दिनुपर्नेमा जोड दिएकाहुन ।
उनले भने,‘खासगरी अपांग भएको नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र सम्मान सहित जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ भनिएको छ । अपांगता भएका व्यक्तिहरुलाई यो हक संविधानले दिएको छ । यो अनुसारको हक प्रयोग गर्न पाउनु पर्यो र सरकारले पनि सोहीअनुसारको सुविधादिनुपर्यो ।’
उनले मानव अधिकारसँग सम्बद्ध सबै व्यक्तिलाई अपांगता भएका व्यक्तिहरूले सेवा सुविधा प्रयोग गरेका छन् कि छैनन् भन्ने विषयमा निरन्तर अनुगमन गर्न आग्रह गरेका छन।
उनले भने, ‘मानव अधिकारकर्मीहरूले संविधानले सुनिश्चित गरेका हकहरू कार्यान्वयनमा छन् वा छैनन् भनी अनुगमन गर्नु आवश्यक छ। सरकारको पनि यसमा पूर्ण सहयोग हुनुपर्छ। केवल नीति निर्माण मात्र नभई कार्यान्वयनमा विशेष ध्यानदिइनुपर्छ ।’
अध्यक्ष थापाले सरकारलाई अपाङ्गता भएका नागरिकलाई प्रदान गर्नुपर्ने सेवा सुविधाको व्यवस्था प्रभावकारी बनाउँदै उनीहरूको अधिकारलाई व्यवहारमा उतार्न आवश्यकनीतिगत र व्यवस्थापकीय सुधार गर्न आग्रह गरे।
मानवअधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारको सुनिश्चितता र सेवा सुविधाको पहुँच विस्तारमा विशेष प्राथमिकता दिने योजना बनाएको उनको भनाई छ ।




