
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको हुन गैरहेको चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।
शनिबार तनहुँको दमौलीमा आयोजित पार्टीको जिल्ला भेलामा उपसभापति वाग्लेले चीन मात्र नभई भारत लगायत बहुपक्षीय निकायबाट सहयोग लिनुपर्नेमा जोड दिएका छन् ।
“एक प्रतिशत ब्याज भए ऋण नै लिए पनि फरक पर्दैन । ३० /४० वर्षमा रकम फिर्ता गर्नुपर्ने प्रकृतिको ऋण भए स्वीकार्नुपर्छ/” उनले भने, “केही राजनीतिक दलले चीनबाट ऋण लिनै हुँदैन भन्ने प्रकृतिका अभिव्यक्ति दिनु अपरिपक्व छ । सन्तुलित र परिपक्व हिसाबले नेपाल अगाडि बढ्नुपर्छ ।”
डा.वाग्लेले नेपालमा पूर्वाधारको अभाव खड्किएकाले सहयोगी निकायबाट अनुदान वा ऋण लिनुपर्नेमा जोड दिए ।




