
धुलिखेल,काभ्रे । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई) अन्तर्गत सरकारले ऋण नलिने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्न सक्ने सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले बताए।

उनले वर्तमान सरकार लोकतन्त्र र नागरिकलाई बलियो बनाउन लागिपरेको पनि उनले बताए।
धुलिखेलमा मंगलबार भएको कार्यक्रममा बोल्दै उनले बिआरआई लागू गर्ने वा नगर्नेबारे दुई कोणबाट विचार आइरहेको पनि बताए।
काभ्रेको धुलिखेलमा स्थानीय मदानी विट अनलाईन पत्रिकाको प्रथम बार्षिक उत्सवमा उनले सो धारणा व्यक्त गरे ।






