
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दैलेखस्थित महाबु गाउँपालिकाको अध्यक्षको उम्मेदवार सर्वसम्मत टुंगाएको छ ।
१६ मंसिरमा हुने उपनिर्वाचनका लागि अध्यक्ष पदका लागि प्रकाश बुढालाई उम्मेदवार टुंगो लागेको रास्वपाका कर्णाली प्रवक्ता हरि अधिकारीले जानकारी गराए ।
यसैगरी दैलेखको दुल्लु नगरपालिका -१३ मा हुने वडाध्यक्ष पदमा रास्वपाले रामबहादुर शाहीलाई उम्मेदवार बनाउने भएको छ ।




