
काठमाडौंं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताउँदै गलत हर्कत गरे त्तारुढ दलकै व्यक्ति पनि नछोडिने दावी गरे ।
मन्त्रीपरिषदका निर्र्णय सुनाउँदै- ‘हाम्रो समाजलाई, हाम्रो राजनीतिलाई अझ अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, हाम्रो सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने कसैलाई पनि छुट छैन।
कोशी प्रदेशको कानुनमन्त्रीको कुरा गर्नुभएको होला, त्यो एउटा संकेत हो। यस्तो हर्कत गरेको खण्डमा सरकारले सत्तारुढ दलको कुनै सांसद होस् कि, कुनै मन्त्री, मुख्यमन्त्री होस्, त्यसले छुट पाउँदैन। गल्ती गर्नेले सजाय पाउनुपर्छ।’
उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताए ।




