काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्।
बुधबार अपराह्न ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।
संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।
‘आज अपराह्न ५ बजे बैठक बस्ने खबर आएको छ।’ परिषदका एक सदस्यका अनुसार ‘प्रधानन्यायाधीश सिफारिससम्बन्धी एजेन्डा छ।’