काठमाडौँ । सरकारले तीन दिनसम्म संविधान दिवस मनाउने भएको छ। संविधान दिवस मूल समारोह समितिका अनुसार यसका लागि मन्त्रालयदेखि तीनै तहका सरकारलाई अनुमोदिन कार्यक्रमसहित निर्देशन पठाइएको छ।
जसअनुसार असोज २, ३ र ४ गते विविध कार्यक्रमसहित दिवस मनाइनेछ ।असोज २ गतेका लागि ८ वटा कार्यक्रम तय गरिएको छ। जसअनुसार सार्वजनिक सञ्चारमाध्यमले लेख रचना प्रकाशन गर्नेदेखि सरकारी र गैरसरकारी कार्यालयमा दीप प्रज्वलनको कार्यक्रम राखिएको छ।
यसैगरी असोज ४ गते विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग, प्रदेश, जिल्ला र स्थानीय तहबाट विविध कार्यक्रम गरिने सरकारको परिपत्रमा उल्लेख छ।