काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने निर्णय गरेको छ ।
केन्द्रीय कमिटीको बिहिबार बसेको बैठकले पदाधिकारीहरु रहेको स्थायी कमिटी बनाउने निर्णय गरेको हो ।
बिहीबार घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरिएकाले एकीकृत समाजवादीको पदाधिकारी संख्या २४ पुगेको छ ।
यस अनुसार पाटीको स्थायी कमिटी सदस्य सँख्या २४ रहेको जनाइएको छ ।