काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताएका छन्।
उनले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।अघिल्लो सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको पनि बताए ।
शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकूल सुधार गर्नुपर्ने खाँचो औल्याए र त्यसको लागि सरकार तयार रहेको पनि बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको २३औँ राष्ट्रिय परिषद् बैठकमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।