
काठमाडौं ।काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सम्हालेकी छन्। योसँगै उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी छन् । एआईजी थापाको सीआईबीमा सरुवा भएको छ ।
यसअघि किरणले एसपी हुँदा भक्तपुर र एसएसपी हुँदा ललितपुर प्रहरी प्रमुखको रूपमा काम गरिसकेकी छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय सरुवा हुनुभन्दा पाँच महिनाअघि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निर्देशकको रूपमा काम गरिसकेकी छन् । अहिले भने उनी प्रहरी मुख्यालयको कार्य विभागबाट सरुवा भएकी हुन् ।







