काठमाडौं । पेरिस ओलम्पिक२०२४ को १३औँ दिनसम्म पनि अमेरिका पदक तालिकाको शीर्ष स्थानमा छ ।
बिहीबारका खेलहरू जारी रहँदा अमेरिका २७ स्वर्ण पदकसहित अमेरिकाले ३५ रजत र ३२ कास्यसहित कुल ९४ पदक जितेको छ ।
दोस्रो स्थानको चीनले २५ स्वर्ण पदकसहित चीनले २३ रजत र १७ कास्य सहित कूल ६५ पदक जितेको छ। अस्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कास्यसहित कुल ४१ पदक सहित तेस्रो स्थानमा छ ।
यसैगरी चौथो स्थानको फ्रान्सले १३ स्वर्ण पदक, १७ रजत र २१ कास्य पदकसहित कुल ५१ पदक जितेको छ । पाँचौँ रहेको ब्रिटेनले १२ स्वर्ण, १७ रजत र २० कास्यसहित ४९ पदक जितेको छ । छैटौँ स्थानको दक्षिण कोरियाले १२ स्वर्ण, आठ रजत र सात कास्यसहित २७ पदक जितेको छ । सातौँ स्थानको जापानले पनि १२ स्वर्ण जितेको छ । कुल ३१ पदक जितेको जापानले ६ रजत र १३ कास्य जितेको छ । आठौँ स्थानको इटालीले नौ स्वर्ण, १० रजत र आठ कास्यसहित २७ पदक जितेको छ । यो सूचीको नवौँ र १०औँ स्थानमा नेदरल्यान्ड्स र जर्मनी छन् । नेदरल्यान्ड्सले नौ स्वर्ण, पाँच रजत ६ कास्यसहित २० पदक र जर्मनीले आठ स्वर्ण, पाँच रजत र पाँच कास्यसहित १८ पदक जितेको छ ।
प्रतियोगिताको १३औँ दिनसम्म ५३ देशले स्वर्ण पदक जितेका छन् । यस्तै, ४९ देशले रजत र ६२ देशले कास्य जितेका छन् ।