
काठमाडौं । नेपालको महिला बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको फाइनलमा नेपालका कमला पुन र मनीषा चाैधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २-० को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
नेपालले खेलेको सबै ५ खेलमा अपराजित रहँदै उपाधि जितेको हो ।



