काठमाडौं।अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित भएका छन्।
शुक्रबार बसेको एन्फा आकस्मिक भर्चुअल बैठकले वरिष्ठ उपाध्यक्ष खड्कालाई निलम्बित गरिएको हो।
उनलाई एन्फा कार्यसमितिले अनुशासन विपरीत काम गरेको भन्दै निलम्बन गरेको छ। उनले कार्यवाहक अध्यक्षको रूपमा गरिएको कामहरू एन्फाको अनुशासन दायरा बाहिर भएको भन्दै निलम्बन गरिएको हो।
उनलाई आगामी साधारण सभा सम्मको लागि निलम्बन गरिएको जनाइएको छ ।

